पथरीशनिश्चरेमा पत्रकारिता तालिम

४ बैशाख २०७९, आईतवार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले- पत्रकारिता तालिममा सहभागी हुनेहरूले आवाजविहीनको आवाज बन्न सक्नु पर्ने बताउनुभयो।

पथरीशनिश्चरे नगरमा ४ दिने विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी सचेतना तालिम पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा कानेपोखरी मिडिया, कानेपोखरीले आयोजना गरेको हो । प्रमुख अतिथि समेत रहनुभएकी उपमेयर विष्टले गाउँ- वस्तीमा पुगेर जनताको हितमा सामाचार बनाउन आग्रह गर्नुभयो ।

तालिमको सहजीकरण उर्लाबारी बहुमुखी क्याम्पसका पत्रकारिता विषयका सहायक प्राध्यापक केशव निरौला तथा नगरपालिकाका सूचना संयोजक भुपेन्द्र तिमल्सिना, प्रमुख प्रमुख अतिथि पत्रकार महासंघ नेपालको पुर्व अध्यक्ष महेन्द्र विष्टले सहजीकरण गर्नुभएको थियो।

तालिममा पूर्वोत्तर मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरका २९ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन्। यसैगरी आईतबारदेखि ५ दिने उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ।

पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका विभिन्न संचारमाध्यममा रहेका रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारका लागि नगरपालिकको सहयोगमा संचालन भएको नगरका सूचना संयोजक भुपेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो।

तालिममा सहभागी २२ जना संचारकर्मीहरूलाई नगरकाे सूचना संयोजक भुपेन्द्र तिमल्सिना , हिमाल दहाल तथा रंगकर्मी -सोनु जयन्ती सहजीकरण गरीरहनु भएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here