गाउंको विकासका लागि जनता जुटे

0
419

purwanchal

मोरङ , असोज २३ । मोरङ क्षेत्र नं ५ अन्तर्गत माथिगछ गाविसका जनताहरुले स्थानीय तहमा विकास निर्माणका कार्यहरु सञ्चालन गर्न विकास निर्माण समिति गठन गरेका छन् ।

सो गाविसको वडा नम्बर  ५, ६, ७ र ८ का स्थानीय जनताहरुको संयुक्त भेलाले सो क्षेत्रको बाटो, बिजुली, कल्भर्ट, विद्यालयको विकासका लागि मुंगा हेमराज संयोजक र राजुकमार साह सचिव रहने गरी ४१ सदस्यीय विकास निर्माण उपभोक्ता समिति समिति गरेको छ ।

सो भेलामा सहभागि नेपाली कांग्रेस क्षेत्र नंम्बर ५ का ग्रामिण संयोजक नवराज पाण्डेले जनसहभागिता एवम् संसद् विकास कोषमार्फत त्यस क्षेत्रमा बाह्रै महिना सञ्चालन हुने बाटोसहित विद्यालय, स्वास्थ्य चौकी, ग्रामिण विद्युत लगायत विकास निर्माणका लागि जोड दिने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here