झापा सुपर लिग क्रिकेट : धुलाबारी र काँकडभिट्टा विजयी

४ बैशाख २०७९, आईतवार मा प्रकाशित

झापा,

काँकडभिट्टामा जारी झापा सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकडभिट्टा विजयी भएका छन् ।

लर्ड बुद्ध क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा दुवै टोलीले जितसँगै दुई दुई अङ्क जोडेका छन् । पहिलो खेलमा धुलाबारी ४६ रनले विजयी भयो भने दोस्रो खेलमा सनराइजले काँकडभिट्टालाई ६ विकेटले पराजित ग¥यो ।

पहिलो खेलमा टस जितेर बोस्टर्न ब्लास्टरले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको धुलाबारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनायो । उसका लागि गुल्सन झाले सर्वाधिक ५२ रन बनाए । यस्तै प्रवेश कामतीले १४ बलमा २६ रन जोडे । बलिङतर्फ बोस्टर्नका सुनील आचार्यले सर्वाधिक ३ विकेट लिए ।

धुलाबारीले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा बोस्टर्नको पारी १८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटियो । उसका लागि दीपु भुजेलले ३० र मिनास थापाले २४ रन बनाए । बलिङतर्फ धुलाबारीका ज्ञानेन्द्र श्रेष्ठले तीन र दीपेश कँडेलले दुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ धुलाबारीका गुल्सन झा भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रपुरले २० ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनायो । उसका लागि मन्जित श्रेष्ठले अविजित ७९ र रुपक बरालले ३४ रन बनाए । बलिङतर्फ सनराइज काँकडभिट्टाका आयुष नेउपाने, सन्दीप ढुङ्गाना र फिरदोज अन्सारीले २÷२ विकेट लिए ।

एक सय ३८ रनको लक्ष्य सनराइज काँकडभिट्टाले १६ दशमवल ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि भुपाल दङ्गालले अविजित ५१ र सन्दीप ढुङ्गानाले ३८ रनको योगदान दिए । ढुङ्गाना ‘प्लेयर अफ दी म्याच’ घोषित भए । बलिङतर्फ भद्रपुरका शौजन घिमिरे र आशिक राना मगरले २÷२ विकेट लिए ।

सोमबार विराट वारियर्स र धुलाबारी टाइगरबीच तथा बोस्टर्न ब्लास्टर र सनराइज काँकडभिट्टाबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here