हल्दिवारी र गौरीगञ्ज गाउँपालिका उपाध्यक्षद्वारा राजीनामा

९ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

झापा ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा झापामा जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिन शुरु गरेका छन् । निर्वाचनको तयारीका लागि भन्दै जनप्रतिनिधिहरुले राजीनामा दिन शुरु गरेका हुन् ।

हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरी र गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापाले पदबाट राजीनामा दिएका छन् । उनले वैशाख ५ गते गाउँपालिकामा राजीनामा पत्र दर्ता गरेका थिए ।

त्यस्तै शिवसताक्षी–८का वडाध्यक्ष केहरसिंह बस्नेतले नगर प्रमुख चन्द्रकुमार सेर्मालाई राजीनामा पत्र बुझाएका छन् । उनले पनि चुनावी गतिविधिमा सक्रिय हुनुपर्ने भएकाले समायावधि अगावै पदबाट राजीनामा दिएको बताएका छन् ।

‘वैशाख ३०को तयारीकै लागि मैले राजीनामा दिएको हुँ, अध्यक्ष पदको टिकटको लागि लबिइङमा छु’– गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष थापाले भने– ‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ । चुनावी दौडमा पनि छु । त्यसैले आचारसंहिता उल्लंघन पनि नहोस् र मलाई चुनावी गतिविधि गर्न सजिलो होस् भनेर राजीनामा दिएको हुँ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here