गणेशप्रसादको रैतीको इतिहास लोकार्पण

९ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

कन्काई ।

झापास्थित तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको चारपटक प्रधानपञ्च भएका, पञ्च भएर पनि जनप्रिय बन्न सफल, कनकाई नगरपालिका दुर्गापुरका गणेशप्रसाद पोखरेलको रैतीको इतिहास नामक पुस्तक लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रममै गणेशप्रसाद पोखरेलको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ ।

कनकाई नगरपालिकामा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको प्रतिष्ठानमा परिवारको तर्फबाट दुई करोड रुपैयाँ अक्षयकोष राखिएको छ । विहीवार दुर्गापुरमा एक समारोहकाबीच पुस्तकको लोकार्पण साहित्यकार तथा प्रमुख अतिथि चूडामणि रेग्मीले गरेका थिए । लोकार्पण कार्यमा अतिथिहरु कोमलप्रसाद पोखरेल, पुष्पराज पोखरेल, चन्द्रप्रसाद मैनाली, जनार्दन उप्रेती, प्रेमप्रकाश फलाहारी, एकराज गिरी, विरही अधिकारी, खगेन्द्र खुशी, नवलकिशोर दत्त, हिराप्रसाद पोखरेललगायतले पनि साथ दिएका थिए ।

कृष्ण अविरलको लेखन तथा सम्पादन रहेको रैतीको इतिहासलाई अजम्बरी पव्लिकेशनले प्रकाशन गरेको हो । पौरखी पोखरेल–वंशप्रति चासो राख्नेहरुमा, अनि पोखरेल–वंशका सन्ततिहरुमा, जसले पूर्खाको गौरवशाली इतिहास थाहा पाउन जरुरी छ भनेर समर्पण गरिएको पुस्तक ३३५ पृष्ठको रहेको छ ।

४५ वटा विषयबस्तुहरु समावेश गरिएको पुस्तकको मूल्य ५ सय रुपैयाँ राखिएको छ । पुस्तकको विक्रीबाट आएको रकम जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा पुस्तकालय बनाउने काममा उपयोग गरिने छोरा दिनेशकुमार पोखरलेलले जानकारी दिए ।

ज्येष्ठ पुत्र राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रमा छोरी अप्सरा पोखरेलले पुस्तक प्रकाशन गर्नुको औचित्यमाथि प्रकाश पारेकी थिइन् । छोरा निर्माण पोखरेलले स्वागत गरेको कार्यक्रममा पुस्तकको समीक्षा साहित्यकार कोमलप्रसाद पोखरेलले र सञ्चालन डा. पुण्यप्रसाद सिग्देलले गरेका थिए ।

कृष्ण अविरलद्वारा लिखित पुस्तकको प्रकाशन अप्सरा पोखरेल भट्टराईले गरेकी हुन् । कार्यक्रममा पुष्पराज पोखरेल, एकराज गिरी, कृष्णहरि पोखरेल, बिरही अधिकारी, खगेन्द्रा खुशी लगायतले बोलेका थिए । कार्यक्रममा दिनेशकुमार पाखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here