बोस्टर्न ब्लास्टर लाई वीरता जेसीजको आर्थिक सहयोग

0
572

बिर्तामोड ।

काँकडभिट्टामा जारी झापा सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको भन्दै बोस्टर्न ब्लास्टर क्लबलाई वीरता जेसीजले आर्थिक सहयोग गरेको छ ।

खेलाडीको हौसला बढाउने उद्धेश्यले आर्थिक सहयोग गरेको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले जानकारी दिए । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा वैशाख ३ गतेबाट काँकरभिट्टा माविको मैदानमा प्रदेशमै पहिलोपटक झापा सुपर लिग क्रिकेट भइरहेको र प्रतियोगिताको फाइलनमा बिर्तामोडको बोस्टर्न ब्लास्टर क्लब पुगेको हो ।

खेलमैदानमा एक कार्यक्रमका बीच वीरता जेसीजका अध्यक्ष प्रविन खड्का तथा कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा बोस्टर्न ब्लास्टरका टिम कोच विनित बाँस्तोलालाई ३० हजार राशीको चेक हस्तान्तरण गरिएको थियो ।

स्थानीय स्तरका खेलाडीलाई खेल क्षेत्रमा प्रोत्सहान गर्ने उद्धेश्यले वीरता जेसीजले हरेक खेलमा सहयोग गर्दै आएको अध्यक्ष खड्काले बताए । उनले यसअघि बिर्तामोडमा सम्पन्न झापा गोल्डकपमा पनि वीरता जेसीजले महत्वपूर्ण सहयोग तथा विभिन्न कार्यक्रमहरु गरेको बताए ।

बोस्टर्न ब्लास्टर टिमबाट राष्ट्रिय स्तरका खेलाडी करण केसीले पनि सहभागिता जनाएको र यहाँका स्थानीय खेलाडीले संयुक्त रुपमा खेल खेल्ने मौका पाएको भन्दै यसले स्थानीय खेलाडीको क्षमता तथा मनोबल उच्च हुनेमा वीरता जेसीज परिवार विश्वस्त रहेको अध्यक्ष खड्काले बताए ।

वैशाख ११ गते हुने फाइनल खेल बोस्टर्न ब्लास्टर र धुलावारी टाइगर बीच हुने भएको छ । प्रदेश १मै पहिलोपटक भइरहेको प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजार र उपविजेताले नगद १ लाख ११ हजार पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here