कनकाई घाटको पाँचौं पद हस्तान्तरण

0
540

संगीता उप्रेती,
सुरुङ्गा ।

कनकाई घाट संस्था कनकाई–४ कोटीहोमको पाँचौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष वेदप्रकाश अग्रवाललाई निवर्तमान अध्यक्ष प्रभाखर कडरियाले नेपाली टोपी लगाइदिएर र अध्यक्षको कुर्सीमा राखी कार्यभार सुम्पेका थिए ।

निवर्तमान महासचिव सूर्यप्रसाद उप्रेतीले नवनिर्वाचित महासचिव नारायण ओलीलाई बैठक पुस्तिका हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थाको पाँचौं अधिवेशनले ३ वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको समितिका अध्यक्ष वेदप्रकाश अग्रवाल, वरिष्ठ उपाध्यक्ष खेमनाथ मिश्र, उपाध्यक्ष डिल्लीराम मैनाली, महासचिव नारायण ओली, सचिव सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, कोषाध्यक्ष गोपाल खरेल र सदस्यहरू खेमराज कार्की, टीकाप्रसाद कट्टेल, शिला उप्रेती (बोजु), हिरण्यकुमार राई, मानबहादुर पौडेल, राधिका ओली (कडरिया), दयानन्द वंशल, दुर्गाप्रसाद चापागाई, भरतकुमार ढकाल र अम्बिका खरेललाई े निर्वाचन समितिका संयोजक ईश्वरीप्रसाद शिवाकोटीले प्रमाणपत्र प्रदान गरे ।

त्यसैगरी, लेखा समितिका संयोजक नरेन्द्रप्रसाद फुयाँल, सदस्यहरू निर्मला चाम्लिङ राई र पूर्णलाल श्रेष्ठलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा संस्थाका वरिष्ठ उपाध्यक्षका रूपमा रहेकै समयमा निधन भएका दीपेन्द्र पोखरेललाई मरणोपरान्त सम्मान गरिएको थियो । सो सम्मान पत्र स्व.पोखरेलकी अर्धाङ्गिनी भूमिका पोखरेलले ग्रहण गरेकी थिइन् । त्यस बेला, रोटरी क्लब लगायतका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेकी भूमिकाले गरीबदुःखी परिवारलाई आफ्ना आफन्तजनको अन्तिम संस्कार गर्न सहज होस् भनी आफ्ना पतिको स्मृतिमा ५१ हजार रूपैयाँ अक्षयकोष निर्माणका लागि कनकाई घाट संस्थालाई दिने उद्घोष गरेकी थिइन् ।

त्यस्तै, निर्वाचन समितिका संयोजक शिवाकोटी, सदस्यहरू तीर्थराज खरेल र भीष्म मैनालीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । निवर्तमान अध्यक्ष प्रभाखर कडरियाद्वारा आफ्नो अन्तिम कार्यकालका उपाध्यक्ष वेदप्रकाश अग्रवाल, महासचिव सूर्यप्रसाद उप्रेती, सचिव सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, कोषाध्यक्ष मेनुका मैनाली र सदस्यहरू डिल्लीराम मैनाली, नबलकिशोर दत्त, बालकृष्ण प्रसाईं, नारायण ओली, खेमनाथ मिश्र, खेमराज कार्की, शिला उप्रेती (बोजु), निर्मला राई, टीकाप्रसाद कट्टेल, लक्ष्मीप्रसाद उप्रेती र गोपाल खरेललाई सम्मान गरेका थिए ।

निवर्तमान लेखा समितिका संयोजक दुर्गाप्रसाद दवाडी, सदस्यहरू खगेन्द्रमणि ओली र खेमप्रसाद उप्रेतीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा संस्थाका कार्यालय सचिव खेमप्रसाद शिवकोटीलाई पनि सम्मान गरिएको थियो ।

नवनिर्वाचित समितिद्वारा संस्थाको स्थापनादेखि लगातार १२ वर्षसम्म अध्यक्ष रहेका निवर्तमान अध्यक्ष प्रभाखर कडरियालाई विशेष सम्मान गरिएको थियो भने संस्थाको विधान अनुसार निवर्तमान अध्यक्ष कार्यसमिति सदस्य रहने प्रावधान अनुरूप कडरियालाई सदस्यमा मनोनयन गरिएको थियो ।

कनकाई उद्योग वाणिज्य संघका सचिव प्रकाश प्रसाईं, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईं, लायन्स क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट साजन थापा, रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट सुशीलकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, विशिष्ट अतिथि समाजसेवी माता तिलरूपा खड्का, कनकाई क्याम्पस सुरुङ्गाका प्रमुख विकासप्रसाद उप्रेती, सुरुङ्गा जेसीजका अध्यक्ष सुष्मा न्यौपाने (उप्रेती) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रभाखर कडरियाको अध्यक्षता र सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ को स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका आजीवन सदस्य तीर्थराज खरेलले सञ्चालन गरेका थिए । कोटीहोम क्षेत्रमा मानिसको जीवनको अन्त्येष्टि सम्मानजनक र धार्मिक विधिपूर्वक गर्ने वातावरण निर्माण गरी सहज ढंगले किरायाकर्म गर्न सकियोस् भन्ने जनोपयोगी लक्ष्य र उद्देश्य राखी २०६७ सालमा कनकाई घाट संस्थाको स्थापना गरिएको थियो ।

झापा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्मिक स्थल कनकाई माई नदीमा परापूर्व कालदेखि नै मृत्युवरण पश्चात् पार्थिव शरिरलाई दाह संस्कार गरिदै आइरहेको सन्दर्भमा बर्षेनि नदीको धार फेर बदल भइरहने, सुख्खा अवस्थामा पानीको स्रोत सुक्ने र वर्षा अवस्थामा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै सबै जातजाति, धर्म, लि¨ र वर्गका मानिसको मृत्युपश्चात गरिने अन्त्येष्टि क्रियाको लागि चिताभूमिस्थल निर्माण गर्ने टड्कारो आवश्यकता महसुस गरी यो संस्थाको स्थापना गरिएको निवर्तमान महासचिव सूर्यप्रसाद उप्रेतीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here