त्रिफलाको रजत वर्षमा ४६ कृतिको विमोचन

१२ बैशाख २०७९, सोमबार मा प्रकाशित

धुलाबारी।

त्रिफला राष्ट्रिय पुस्तकालय मेचीनगर–१० धुलाबारी झापाले रजत वर्ष २०७८÷०७८ मनाएको छ ।

रजत वर्षको अवसरमा विभिन्न देशका साहित्यकारलाई स्वागत सम्मान तथा कृति विमोचन कार्यक्रम राखिएको थियो । छिमेकी मुलुक भारतका अछाम, दार्जिलिङ, सिक्किम, शिलगढी, मणिपुर तथा खर्साङबाट आएका साहित्यकारहरुबाट रचित ४६ वटा कृतिहरुको सो अवसरमा विमोचन गरिएको थियो ।

प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल तथा भारतका सयभन्दा बढी स्रष्टाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आसामबाट आएका रेवती तिम्सिना, मणिपुरका भवानीप्रसाद अधिकारी, खर्साङ आशा मुखिया, शिलगढीका लोकनाथ चापागाई, पाँचथर ओयामका भीम राई, सिक्किमका नेपाली साहित्य परिषद् अध्यक्ष रुद्र पौडेल प्राध्यापक डा. अञ्जना भट्टराई, त्रिफला राष्ट्रिय पुस्तकालय प्रदेश १ का संयोजक उद्धव बिष्ट, प्राध्यापक डा. गोविन्दराज भट्टराई लगायतले आफ्नो विचार राखेका थिए ।

पुस्तकालयका व्यवस्थापक प्रेमप्रकाश पोखरेल फलाहारीको सभापतित्वमा भएको कार्यक्रममा पुस्तकालयकी महासचिव टीका सुवदी बरालले सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here