चीनमा कोरोना संक्रमण बढ्दै गएपछि बेइजिङमा नयाँ नियम

0
445

काठमाडौं, 

चीनमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा त्यहाँको सरकारले नयाँ नियम लागू गरेको छ ।

अब सार्वजनिक स्थानमा जानका लागि कोरोना नभएको रिपोर्ट लिएर मात्रै जान पाइने भएको छ । चिनियाँ सरकारले राजधानी बेइजिङमा यो नियम लागू गरेको हो ।

पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ। लकडाउन भए पनि अझैसम्म सङ्क्रमण दरमा कमी आउन सकेको छैन ।

अन्य सहरमा संक्रमण तीव्र बनेपछि राजधानी बेइजिङमा कोरोनाको जोखिमलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गरिएको हो। कोरोनाको पहिलो लहर चीनबाट सुरु भएर विश्वलाई नै अस्तव्यस्त बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here