सडक सञ्जालले जोडियो बडिगाड

0
352

बलेवा,

पाँच वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्नुहुन्छ । बागलुङको वडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन ।

सिसाखानीमा पुगेको सडकले पुन र उहाँका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी छन् । मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन निकै लामो समय सास्ती खेपे ।

घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य समान पु¥याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । वडिगाडका साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो । स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ ।

वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० वटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ ।

“विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले बास पाएका छौँ”, वडिगाड गाउँपालिका–९ की बाटुली विकले भने, “सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here