झापामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0
454

झापा ।

झापाको कनकाई नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सडक छेउमा रोकि राखिएको ना ६ख ९०७९ नम्बरको ट्रकमा को २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्कर खाँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बी एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा–६ का ३१ बर्षीय हर्कबहादुर दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here