बिर्तामोड ।

शैक्षिक परामर्श संघ (इक्यान) झापाले यस वर्ष तालिम वर्षका रुपमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोरोना कहरका कारण शैक्षिक गतिविधि ठप्प जस्तै अवस्थामा पुगेको र हाल कोरोना कहर केही सहज भएसंग विद्यार्थीहरुलाई उचित परामर्श दिनुका साथै कन्सल्टेन्सी सञ्चालक तथा शैक्षिक परामर्श दातालाई उचित तालिमको अवश्यक रहेकाले यस वर्षलाई तालिम वर्षकै रुपमा कार्यक्रम सञ्चालन गरिएको क्यान झापाका अध्यक्ष मिलन ओलीले बताए ।
उनले इक्यान झापामा आवद्ध कन्सल्टेन्सी सञ्चालक तथा शिक्षकलाई विभिन्न देशको शैक्षिक अवस्थाका साथै कानुनी प्रक्रियाको विषयमा जानकारी दिदैं नेपालबाट अध्ययनका लागि जान चहाने विद्यार्थीहरु परामर्शका लागि आउँदा उनीहरुलाई सही परामर्श दिने उद्धेश्य राखेर इक्यान झापाले तालिमहरुलाई सञ्चालन गरिरहेको अध्यक्ष ओलीले जानकारी दिए ।
इक्यान झापाले पछिल्लो समय जापान अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरेर जापानीज दुतावाससंगको सहकार्यमा त्यसको अवस्था र जापनको विषयमा परामर्श दिएको बताइएको छ ।

यसबैची स्थानीय तहको निर्वाचनमा झापाको बिर्तामोड–३ बाट वडाध्यक्ष पदका उम्मेद्वार बनेका इक्यान झापाका उपाध्यक्ष मदन बुढाथोकीलाई सबै क्षेत्रबाट सहयोग गर्दै उनलाई विजयी बनाउन शैक्षिक परामर्शसंघको तर्फबाट सबैले भूमिका निर्वाह गर्ने बताइएको छ ।
एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार बनेका युवा नेता बुढाथोकी सबैको साझा उम्मेद्वार बनेको इक्यान झापाका सल्लाहकार खड्ग ताम्लिङ् लिम्बूले बताए । उनले शैक्षिक क्षेत्रमा राम्रो ज्ञान भएका युवा गाँउ बनाउन भन्दै उम्मेद्वार बनेकोमा खुशी ब्यक्त गरे । उनले पार्टीभन्दा माथि उठेर सबैले बुढाथोकीलाई सहयोग गर्न आह्वान समेत गरेका छन् ।
इक्यान झापाले शुक्रबार शुभकामना–आदान प्रदान गर्दै बिर्तामोड–३ मा वडाध्यक्ष पदका उम्मेद्वार बनेका बुढाथोकी युवा माझ मात्र लोकप्रिय नरहेको बालबालिकादेखि वृद्धवृद्धासम्म लोकप्रिय रहेको निर्वमान अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले बताए ।

इक्यान झापाको उपाध्यक्ष समेत रहेका बुढाथोकी विभिन्न सामाजिक काममा समेत सक्रिय रहेकाले सबैले उनलाई साझा उम्मेद्वारको रुपमा बुझनु पर्ने इक्यान झापाका कोषध्यक्ष अशोक भण्डारीको भनाई छ । आफू युवा, वुद्धा बुबा–आमा तथा आम दिदीबहिनी तथा दाजुभाईका हरेक काममा सहयात्रीको रुपमा रहेर काम गर्दै बिर्तामोड–३ लाई नगरको मात्र नभएर जिल्लाकै उकृष्ट वडाको रुपमा चिनाउन अघि बढ्ने बुढाथोकीले बताए ।
उनले शैक्षिक परामर्शसंग इक्यान झापाको सहयोग कहिले नभूल्ने भन्दै आफूले गर्न सक्ने कुरा मात्रै मतदाता समक्ष राख्ने गरेको बताए । झुटको राजनीतिले गर्दा पछिल्लो समय राजनीति प्रति वितृष्णा बढ्को भन्दै सबैले स्वच्छ रुपमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इक्यान झापाका अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, इक्यान झापाका सदस्य अग्नि प्रसाई लगायतको सहभागिता रहेको थियो ।