दैलेखको आठबीसमा सकेट बम भेटियो

0
401

दैलेख,

दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थलमा पुगेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् ।

उहाँले भन्नुभयो, ‘पहिला सुरक्षाफौजको ब्यारेक भएका कारण बम जमिनमुनि भेटिएको हो ।’’ यसअघि उक्त ठाउँमा ब्यारेक थियो । विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चारवटा बम निष्क्रिय पारिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here