परीक्षाको घडी

२६ बैशाख २०७९, सोमबार मा प्रकाशित

स्थानीय तहको निर्वाचन आउन अब केवल चार दिन बाँकी छ । यो समय निर्वाचनमा भाग लिने सबै दल तथा उम्मेदवारका लागि संक्रमणको समय हो । यही समय निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरु हुन सक्छन् । आर्थिक प्रलोभन, आश्वासन र मतदातालाई रिझाउन पैसा नै बाँड्नेसम्मका प्रतिबन्धित, अनैतिक र भ्रष्ट क्रियाकलाप हुन सक्छ यसबेला । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन कै लागि निर्वाचन आयोगले आचारसंहितामा परिष्कार ग¥यो, विगतका त्रुटिहरुलाई सच्यायो । तर, भुइँमा त्यसको प्रभाव अनुभूत गर्न पाइएको छैन । आचारसंहिताले बन्देज गरेका गतिविधि निर्वाध सञ्चालन भइरहेको सन्दर्भले पनि ‘ऐन सानालाई मात्रै हो’ भन्ने पुष्टि गरेको छ ।

यही अव्यवस्थाका बीच उम्मेदवारका विज्ञापन गरिएका सवारी, त्यसमा जोडिएको चर्को ध्वनिसहितको माइक र प्रचारले वातावरणमा पु¥याएको असरको हिसाब वातावरणका जानकारहरुले राख्लान् । तर, थोरै सचेत नागरिक भने ‘भन्दै नभनी’ मतदान गर्न पाउने उम्मेदवारको गणना गर्दै गरेका हुन सक्छन् यतिबेला । उम्मेदवारले आफ्नो कार्ययोजना, स्रोत तथा दिगो विकासको दृष्टिकोण सार्वजनिक गर्ने र मतदाताले त्यसको मूल्यांकन गरेर मात्र योग्य र सक्षम लागेकालाई मत दिन सक्ने वातावरण र परिस्थिति कहिले निर्माण हुन्छ, प्रतिक्षाको विषय बनिएको छ । मतदाता कुनै दलका कार्यकर्ता होइनन्, मतदाता नागरिक हुन् र सत्ता सञ्चालनका पनि ‘मालिक’ हुन् । यसउसले योग्य, सक्षम, ऊर्जाशील, कर्मठ, विवेकी र लक्ष्यसहितको व्यक्तिलाई मतदान गर्ने इच्छा र दृढता मतदातामा हुनुपर्छ ।

प्रजातन्त्र प्राप्तिको आठ दशक पुग्न लाग्दासम्म पनि मतदान कार्य स्वतन्त्र र भयरहीत हुन सकेको छैन । यसमा प्रविधि र आधुनिक उपकरणको प्रयोग त झन टाढाको कुरा । उम्मेदवारले गर्नुपर्ने वाचा सोझा मतदातालाई अलमल्याउन गैरउम्मेदवारका मुखबाट सुनिन थालेका छन् । ध्याउन्न केवल मतपरिणाम आफ्नो पक्षमा पार्ने मात्रै रहेका बेला उम्मेदवार र तिनका कार्यकर्ताहरुका चिप्ला कुरामा पछि लाग्नु फेरि पनि भूल हुनसक्छ । ‘जसरी पनि चुनाव जित्ने’ मानसिकता भएका र कर्मले सक्रियहरुलाई चिन्ने बेला पनि यही हो र मूल्यांकन गर्ने समय पनि यही हो । यस्तो निश्चित अवधिमा एकपटक आउने आफ्नो क्षमताको समेत मूल्याकन हुने यो अवसरको सदुपयोग गर्न सकिए मात्र देशको मुहारमा कान्ति ल्याउन सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here