महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

२७ बैशाख २०७९, मंगलवार मा प्रकाशित

काठमाडौँ, 

नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गर्नुभएको छ ।

उहाँहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाउनुभएको छ । उहाँहरुले रुखमा मतदान गरे भनेर पश्चाताप गर्ने अवस्था कसैलाई पनि आउन नदिने दृढ प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

महामन्त्री थापाले लाखौँ मतदाताले पहिलो पटक मतदान गर्न लागेको अवस्थामा त्यो मतदान गर्ने अधिकार त्यतिकै नआएको र त्यो अधिकारका लागि कुनै बेला थुपै्र तन्नेरीले चार तारे झण्डा बोकेर लडेको बारेमा सोच्न आग्रह गर्नुभएको छ ।

अर्का महामन्त्री शर्माले आफूहरुको संविधानलाई बलियो बनाउने र समाजलाई बदल्ने महान यात्रामा सबैलाई स्वागत गर्दै समुन्नतीका लागि सँगसँगै अघि बढ्नका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले कस्तो समाज र राजनीति चाहने भन्ने सम्बन्धमा मत दिनुअघि मनलाई सोध्नसमेत आग्रह गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here