चिनियाँ नागरिकको हत्या पछि पाकिस्तान प्रती चीन आक्रोशित

२८ बैशाख २०७९, बुधबार मा प्रकाशित

पीटीआई।

पाकिस्तानका एक वरिष्ठ सांसदले कराँची विश्वविद्यालयमा भएको विस्फोटपछि इस्लामावादको सुरक्षा प्रणालीमा चीनको विश्वास डगमगाएको बताएका छन् । अप्रिल २६ मा बुर्का लगाएकि आत्मघाती बम हमलाकारीले गरेको विस्फोटमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो । पाकिस्तानमा चिनियाँ नागरिकमाथि भएको यो अहिलेसम्मकै ठूलो हमला हो।

चीनमा अहिके पाकिस्तान प्रती गम्भीर चिन्ता र आक्रोश

पाकिस्तानको कराँचीमा चिनियाँ नागरिकको गोली हानी हत्या, दुई साताअघि नौ चिनियाँ कामदारको हत्या भएको थियो । शुक्रबार डान अखबारसँग चीनको बिचार साझा गर्दै सिनेटर मुशाहिद हुसैनले भने, “यो घटनाले चीनमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ।” सिनेट सुरक्षा समितिका अध्यक्ष मुशाहिदले पनि गत हप्ता चिनियाँ दूतावासमा हमलाको शोक व्यक्त गर्न एउटा प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

पाकिस्तान बाट चीनको विश्वास डगमगाएको छ ?

“पाकिस्तानको सुरक्षा प्रणालीमा चीनको विश्वास, जनता र परियोजनाहरूको सुरक्षा गर्ने क्षमता पाकिस्तानले गर्न सकेन मुशाहिदले भने। आक्रमणको घटना बारम्बार दोहोरिएको छ, जसले पाकिस्तानको निष्पक्ष सुरक्षाको वाचा ब्यावहारमा कार्यान्वयन भएको छैन भन्ने प्रमाणित हुँदै गएको छ । कराँची विश्वविद्यालयमा भएको आक्रमण चिनियाँ नागरिकलाई लक्षित गरी भएको तेस्रो ठूलो आक्रमण थियो।

आक्रमण जारी रह्यो भने पाकिस्तानका लागि कठिन हुनेछ । चीनको नयाँ सीमा कानुनप्रति नेपाल किन अनभिज्ञ , सगरमाथामा समेत चिरा गर्ने सोचमा चीन नेपाली नेता मौन किन ?

सुरक्षा व्यवस्थाको आलोचना गर्दै मुशाहिदले घटनापछि सुरक्षा निकायले निद्रा लिएको महसुस गरेको बताए । “यदि त्यस्ता आक्रमणहरू जारी रह्यो भने, चीन मात्र होइन, अन्य देशका लगानीकर्ताहरू पनि पाकिस्तानमा लगानीको समीक्षा गर्न बाध्य हुनेछन्,” उनले भने।

अहिले चिनियाँ नागरिकले पाकिस्तान छोडेको तस्वीर भाइरल भएको छ । कराची विश्वविद्यालयमा भएको हमलापछि चिनियाँ नागरिकले पाकिस्तान छोडेको तस्वीर इन्टरनेट मिडियामा भाइरल भएको थियो । तर, पाकिस्तानले यस्तो जानकारीको खण्डन गरेको थियो । कराँची विश्वविद्यालयमा भएको आक्रमण एक वर्षमा पाकिस्तानमा चिनियाँ नागरिकमाथि भएको तेस्रो आतंकवादी हमला हो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here