बिर्तामोड ।
बिर्तामोड–१ मा रहेको चिल्ड्रेन इन्भारोमेन्ट विद्यालयले विद्यार्थीको सिकाई क्रियाकलापलाई परिकृत गर्दै लाने उद्धेश्यले अन्तक्रिया कार्यक्रम गरेको छ ।
शैक्षिक सत्र शुरु भएसंगै विद्यार्थीको सिकाई उपलब्धिलाई अझ ब्यापक बनाउने उद्धेश्ले अन्तरक्रिया कार्यक्रम गरिएको विद्यालयलले जनाएको छ । शैक्षिक विकासका लागि अध्ययन अध्यापन सिकाईका विधिहरु अझ परिकृत गर्दै लैजाने क्रममा विद्यालयले अवलम्बन गरेको ईसीईसीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अर्ली चाइण्डहुड एजुकेशन सेन्टर( ईसीईसी)का निर्देशक तथा प्रशिक्षक पिताम्बर न्यौपाने र ईसीईसीका प्रशिक्षक तथा विद्यालयका सल्लाहकार ग्राटिडिना मेरिया (नेदरल्याण्ड) ले निति निर्माण तथा योजनाको विषयमा सहजिकरण गरेकी थिइन् ।
कार्यक्रममा अभिभावकलाई आफ्ना नानीहरुको बाल मनोविज्ञान बुझेर, उनीहरुको इच्छा, चहाना र स्वभाव अनुसार कसरी ब्यवहार गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले बताए ।
प्रशिक्षणमा अभिभावकहरुलाई ईसीईसीका विभिन्न शैक्षिक सामग्री समेत वितरण गरिएको जनाएको छ । सोही अवसरमा खेलकुद, नृत्य, नाटक, हस्तलेखन, कम्प्युटर प्रोजेक्ट वकसर्प, सामाजिक कार्य, लिडरसिप लगायत अध्ययनका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका बाल क्लबका अध्यक्ष एन्जल लुइटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डीएन लुईटेलले गरेका थिए ।