मौन अवधिमा सामान बाँड्न खोजेपछि…

२८ बैशाख २०७९, बुधबार मा प्रकाशित

झापा,

मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभावित पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँलेले एउटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन्।

भाँडाकुँडा, प्याष्टिकको कुर्सी र टेबल लोड गरेको मे १ त २०८७ नम्बरको ट्याक्टर बुधबार दिउँसो भद्रपुर नगरपालिका–७ स्थित बुधकरण चियाबगानका १० क्वाटरतर्फ गएको थियो।

बगानमा मजदुरी गरी बस्ने सन्थाल समुदायका मतदातालाई बाँड्न ती सामाग्री ट्याक्टरमा हालेर लगेको स्थानीय बासिन्दा बताउँछन्। त्यसपछि स्थानीयले सामग्री बाँड्नुअघि नै ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।

ट्याक्टर चालकलाई सोधपुछ गर्दा ती सामग्री राजनीतिक दलका उम्मेदवारले बगानतर्फ पठाएको उपस्थित गाउँलेसमक्ष उनले स्वीकार गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले मतदातालाई बाँड्न लगिएको सामग्रीसहित ट्याक्टर नियन्त्रणमा लिएको विषयमा केही जानकारी नआएको बताए। नियन्त्रणमा लिएका सामग्री प्रहरी कार्यालयमा अहिलेसम्म आई नपुगेको उनको भनाइ छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here