चार लिम्बुवानवादी संगठनबीच एकीकरण

२९ बैशाख २०७९, बिहीबार मा प्रकाशित

झापा ।

अरुण कोशी पूर्वको भू–भागलाई छुट्टै लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आएका चार लिम्बुवान राजनीतिक संगठनबीच एकीकरण भएको छ ।

अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्यको माग गर्दै बिगत लामो समयदेखि आन्दोलनमा रहेका चार राजनीतिक संगठनहरु संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी), लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र साझा लिम्बुवान पार्टीबीच एकीकरण भएको हो ।

एकीकृत भएका लिम्बुवानका चार राजनीतिक संगठनले पार्टीको नाम ‘संघीय लिम्बुवान पार्टी नेपाल’ राख्न सहमत भएका छन् । संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व यस अघि सञ्जुहाङ्ग पालुङ्वाले गरिरहेका थिए ।

त्यस्तै लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी)को नेतृत्व सुवास खापुङ, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीको नेतृत्व मित्र लिङ्देन र साझा लिम्बुवान पाटीको नेतृत्व दुर्गा मुक्ति साँवाले गरिरहेका थिए ।

लिम्बुवान स्वायत्तता एवम् बहुल राष्ट्रिय मुक्ति आन्दोलनलाई नयाँ सिराबाट अघि बढाउन अपरिहार्य रहेको भन्दै चार लिम्बुवानी संगठनबीच एकीकरण भएको लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीको यस अघि नेतृत्व गरिरहेका लिङ्देनले बताए ।

चार संगठनबीच एकीकरण पश्चात पार्टीको झण्डा ३ः२को आयतकार आकारमा तल्लो भाग रातो, बीच भाग सेतो, माथिल्लो भाग निलो पृष्ठभूमि भित्र बीचमा किरण सहितको रातो सूर्य रहेको झण्डा हुने सहमति भएको लिङ्देनले बताए ।

नेपालको संविधान २०७२लाई पुनः लेखन गर्न माग गर्दै उनीहरुले लिम्बुवान आन्दोलनलाई थप उचाइमा पु¥याउने निर्णय गरेका छन् । यसअघि २०७१ सालमा साउन १८÷२० मा भेडेटारमा एकता गर्दै २०७३ मा पार्टी विभाजन भएको थियो । कुमार लिङ्देन मिराकसँग खटपट भएपछि उनीहरु विभाजित भएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here