बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२९ बैशाख २०७९, बिहीबार मा प्रकाशित

काठमाडौं ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले दुई थान बैंकिङ कसूर मुद्दामा पाँच दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको हो ।

अधिकारीले स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त कैद फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here