एक लाख ४५ हजार ११ उम्मेदवारबाट ३५,२११ जनप्रतिनिधि चुनिँदै

३० बैशाख २०७९, शुक्रबार मा प्रकाशित

काठमाडौं,

देशभरका सात सय ५२ स्थानीय सरकारको नेतृत्व छान्न आज मतदान हुँदै छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचनका लागि देशभर १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र तय भएका छन् । देशभर ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० महिला र एक सय ८३ अन्य गरी कुल एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता छन्।

आयोगका अनुसार निर्वाचनका लागि एक लाख नौ हजार ८८ कर्मचारी परिचालन भएका छन् । यसबाहेक ६५ हजार आठ सय ६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक पनि खटिएका छन् ।

सरकारले गत २४ माघमा सात सय ५३ वटै स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकैचरणमा गर्ने गरी निर्वाचन मिति घोषणा गरेको थियो । देशभर ८९ हजार तीन सय १३ पुरुष र ५५ हजार ६ सय ९८ महिला गरी कुल एक लाख ४५ हजार ११ जनाको विभिन्न पदमा उम्मेदवारी परेको छ । जम्मा ३५ हजार दुई सय २१ पदमध्ये तीन सय ९० पदका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा भाग लिन आयोगमा ७९ दल दर्ता भएका थिए । जसमध्ये ६५ दल निर्वाचनमा सहभागी भएका छन् । १४ दलले भने कुनै पनि उम्मेदवार उठाएका छैनन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here