देशभर मतदान शुरू

३० बैशाख २०७९, शुक्रबार मा प्रकाशित

काठमाडौं,

स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ।

देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।

कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन।

उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here