माईमा एमालेको अग्रता

३१ बैशाख २०७९, शनिबार मा प्रकाशित

विमल दहाल, इलाम,

बैशख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनका लागि इलामको माई नगरपालिकाको पछिल्लो ५००मत गणनामा एमालेको अग्रता रहेको छ। वडा नम्वर-१० वाट भएको गणनामा मेयर तर्फ खम्वसिंह लिम्वू – नेकपा एमाले-२६७,धनकुमार लिम्वू -नेकपा माओवादी केन्द्र (गठबन्धन)-१४७, लालवहादुर थापा – राष्ट्रिय प्रजातन्त्र पार्टी -२४ मत प्राप्त गरेका छन् ।

उपमेयर तर्फ हिमा भण्डारी नेकपा एमाले-२६१, हेमवहादुर लिम्वु नेपाली कांग्रेस-१६४ मत प्राप्त रहेको छ। वडा अध्यक्षमा गणेश राइ- नेकपा एमाले -२५३, राम बहादुर आले मगर-नेपाली कांग्रेस-१८१, इन्द्र कुमारी तिम्सीना-राष्ट्रिय प्रजातन्त्र पार्टी -२५ ले मत प्राप्त गरेका छन्।

त्यस्तै महिला सदस्यमा कृष्ण कुमारी थापा-नेकपा एमाले -२५१, दुर्गादेबी मगर नेपाली कांग्रेस-१४९, रिता राई-राष्ट्रिय प्रजातन्त्र पार्टी-१८, दलित महिला सदस्यमा गीता देबी गदाईली नेकपा एमाले-२५८, निर्मला बराल-नेकपा माओबादी केन्द्र-९१, खुला सदस्य, राजकुमार गडतौला – नेकपा एमाले -१३९, मोहन कुमार मगर नेकपा एमाले खुला सदस्य-२४३, भक्त बहादुर कटेल-नेपाली कांग्रेस -१५६, सागर राई नेकपा माओबादी केन्द्र-१२८, दिलबहादुर थापा-राष्ट्रिय प्रजातन्त्र पार्टी-२२, तेज बहादुर खतिवडा- राष्ट्रिय प्रजातन्त्र पार्टी -१७ मत प्राप्त रहेको छ ।

गयराति एक बजेबाट शुरु भएको मतगणना शान्तिपूर्ण भईरहेको लोदिय प्रहरी प्रमुख पदम बहादुर लिम्बुले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here