कचनकवल १ मा नेपाली कांग्रेसको प्यानलै विजयी

३१ बैशाख २०७९, शनिबार मा प्रकाशित

झापा,  कचनकवल गाउँपालिका १ मा नेपाली कांग्रेसले वडाध्यक्ष सहित प्यानल नै जीत हासिल गरेको छ ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू(रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

लिम्बूले १४४२ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार लक्ष्मी नारायण यादवले १११०मत प्राप्त गरे ।

त्यस्तै वडा सदस्यहरुमा अन्त प्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित बनेका छन् । महिला सदस्यमा सञ्जावती राजवंशी निर्वाचित बनेकी छिन् भने दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित बनेकी छिन् ।
यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । गाउँपालिका अध्यक्षका लागि कालेन्द्र प्रसाद सिंह राजवंशी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार छन् भने नेकपा एमालेका तर्फबाट नवराज भट्टराईको उम्मेद्वारी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here