एमाले अध्यक्ष ओलीको गृहनगरमा एमालेको प्यानलै विजयी

१ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

झापा, नेपाल कम्युनिष्ट पार्टी( एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक १ मा नेकपा एमालेको ज्यानले नै जित हासिल गरेको छ ।
१२८८ मत प्राप्त गर्दै हरि प्रसाद न्यौपानेले जित हासिल गर्नुभयो । यता गठबन्धदनबाट उम्मेद्वारी दिनु भएकी तारा अधिकारीले १२६३ मात प्राप्त गर्नुभयो ।
त्यस्तै सदस्यद्वयमा रघुवीर वुढाथोकी र राजकर्ण राई निर्वचित हुनुभएको छ । महिला सदस्यमा तारा खपदरी र दलित महिला सदस्यमा नवीना मोहरा निर्वाचित हुनभयो ।
यो नगरमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसंग गठबन्धन गरेको छ ।
मेयर पदका लागि १६ जनाको उम्मेद्वारी परेपनि यो नगरमा नेपाली कांग्रेस सहितको गठवन्धन दलले उम्मेद्वारी दिएको छैन । उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सघाउँदै राप्रपाबाट राम थापाको उम्मेद्वारी रहेको छ ।
यता नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट गीता कुमारी पौडेल अधिकारीको उममेद्वारी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार यो नगरमा एमाले र राप्रपावीच प्रतिष्पर्धा देखिएको छ ।
नेकपा एमालेकी उम्मेद्वार अधिकारीले १३२३ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका उम्मेद्वार थापाले १२५२ मत प्राप्त गर्नु भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here