झापा गाउँपालिका –१ मा वडाध्यक्षसहित नेपाली काँग्रेसको प्यानल नै निर्वाचित

१ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

झापा, झापा गाउँपालिका –१ मा वडाध्यक्षसहित नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । नेकपा एमालेका माधव पोखरेललाई पराजित गर्दै काँग्रेसका राजकुमार यादव निर्वाचित भएका हुन् । यादव दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बनेका हुन् । यादवले ८१७ र पोखरेलले ६३३ मत ल्याएका छन् ।

त्यस्तै काँग्रेसबाट खुल्ला सदस्यमा रुपलाल गणेश ७६३, राम लिम्बू ८९२, महिला सदस्यमा अस्मेरु खातुन ८४६ र दलित महिला सदस्यमा हरिमाया विक ६६८ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here