हल्दिवारी १ मा राप्रपाको प्यानलै निर्वाचित

१ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

झापा,
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृह क्षेत्र हल्दिवारी गाउँपालिका १ मा राप्रपाको प्यान लै निर्वाचित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई पछि पार्दै राप्रपाले जित हासिल गरेको हो । राप्रपाका तर्फबाट वडाधयक्षमा देवी प्रसाद थापा निर्वाचित हुनुभयो । उहाँले नेकपा (एमाले) का तर्फबाट उम्मेद्वार बन्नु भएका त्रिलोचन सापकोटालाई पराजित गर्नुभयो । सापकोटा २०७४ सालमा सोही वडामा निर्वाचित वडाध्यक्ष हुनुहुन्थयो ।
यता वडा सदस्य पदमा राप्रपाबाट नै प्रकाश कार्की र कुलवहादुर वान्तवा निर्वाचित हुनु भएको छ भने महिला सदस्यमा शान्ता खतिवडा सिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली निर्वाचित हुनु भएको छ ।
गत वर्ष राप्रपाका गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनले जित हासिल गर्नु भएको थियो भने यस पटक पनि उहाँनै गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धामा हुनुहुन्छ । –––

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here