रोङ २ मा स्वतन्त्र उम्मेद्वार चन्द्रशेखर घिमिरे बिजयी

२ जेष्ठ २०७९, सोमबार मा प्रकाशित

गणेश अर्याल /इलाम,

इलामको रोङ गाउपालिका वडा नम्बर २ मा स्वतन्त्र उम्मेद्वार चन्द्र शेखर घिमिरे बिजयी भएका छन् ।

घिमिरेले ४ सय ४५ मत पाएका छन् । उनका निकटतमा प्रतिस्पर्धी नेकपा एमालेका पुर्ण तामाङले ४ सय ३१ मत पाएका छन् । घिमिरे नेपाली काग्रेस बाट उम्मेद्वार हुन आकाक्षी थिए ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार बनेका थिए । नेपाली काग्रेस बाट उम्मेद्वार बनेका पूर्व वडा अध्यक्ष टेकबहादुर तामाङले ४ सय २२ मत पाए । महिला सदस्यमा एमालेको उम्मेद्वार ५ सय २० मत सहित बिजयी भएका छन् भने दलित महिलामा नेपाली काग्रेसका उम्मेद्वार ५ सय ३८ मत सहित बिजयी भएको छ । त्यस्तै बाकी दुइ सदस्य नेकपा एमालेका उम्मेद्वार क्रमश ५ सय ६ र ४ सय ३८ मतका साथ बिजयी भएका छन् ।

वडा नम्बर १ र २ को मत गणना सम्पन्न हुदा गाउपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काग्रेसका उम्मेद्वारहरुको अग्रता कायमै रहेको छ । अध्यक्षमा नेपाली काग्रेसका सुवास तामाङको १ हजार ३ सय २० मत आएको छ भने एमालेको मेहरमान तामाङको १ हजार १ सय १६ मत आएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि नेपाली काग्रेसको काल्पना खनालको १ हजार २ सय २४ मत आउदा एमाले उम्मेद्वार बिष्णु माया खवासको १ हजार १ सय ४७ मत आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here