बाह्रदशी ३ मा नेपाली कांग्रेसका टंक प्रसाद साह निर्वाचित

२ जेष्ठ २०७९, सोमबार मा प्रकाशित

बाह्रदशी, बाह्रदशी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेद्वार टंक प्रसाद साह निर्वाचित भएका छन् । उनीसंगै अन्य तीन सदस्य समेत नेपाली कांग्रेसबाट निर्वाचित बनेका हुन् । अध्यक्षमा निर्वाचित सााहाले ९८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका उम्मेद्वार दमन कुमार राजवंशीले ८०४ मत प्राप्त गरेका छन् ।
वडा सदस्य पदमा नेपाली कांग्रेसबाट पुण्य प्रसाद ढुङ्गेल, लक्ष्मी कुमराी निरौला अधिकारी, सपना विश्वकर्मा निर्वाचित बनेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हेमलाल दाहाल निर्वाचित बनेका छन् ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा यो वडामा नेपाली कांग्रेका वागी उम्मेद्वारका कारण नेपाली कांग्रेसले पराजय व्यहोरेको थियो । गत निर्वाचनमा यो वडामा नेकपा एमालेका तर्फबाट विरेन्द्य्र प्रसाद राजवंशी निर्वाचित भएका थिए । तर, यो पटक नेकपा ाएमालेबाट वागी उम्मेद्वारका कारण नेपाली कांगे्रसले सहजै जित हासिल ग¥यो । अघिल्लो निर्वाचनमा वडाध्यक्ष बनेका राजवंशी यो पटक चौथो मत मात्रै प्राप्त गर्न सफल भए । एमाले भित्रबाटै वागी उम्मेद्वार वनेका यज्ञ ओलीले तेस्रो मत प्राप्त गरेभने राप्रपाले दोस्रो मत प्राप्त ग¥यो ।
साविक राजगढ गाविसमा नेकपा एमालेले वडा नम्वर ३ मा एक मात्र सदस्य जित्न सफल भयो । वाँकी सबै सिट नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
यता गाउँपालिका अध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार देवेन्द्र चम्लगाई र उपाध्यक्षमा एमालेकै उम्मेद्वार शान्ता खरेल सिवाकोटी अगाडि छन् । वाह्रदशी १ र २ नम्वर वडामा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग प्रसाद राजवंशी अग्रस्थानमा रहेपनि बाह्रदशी ३ बाट चम्लगाईले राजवंशीलाई पछि पारेका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here