चट्याङ लागेर झापाको हल्दिबारीमा एक युवकको मृत्यु

२ जेष्ठ २०७९, सोमबार मा प्रकाशित

झापा ।

आइतबारराति पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार गएराति साढे १ बजे भेना शौचालय गर्न कोठाबाट बाहिर निस्किएका थिए । सोही बेला परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो ।

यता प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here