सन्थाली लिपि ओल चिकीका लिपिकको झापामा जन्मजयन्ति

२ जेष्ठ २०७९, सोमबार मा प्रकाशित

झापा, सन्थाली लिपि ओल चिकीका लिपिक (लेख्ने व्यक्ति) पण्डित रघुनाथ मुर्मू मनाको जन्म जयन्ति झापामा ईएको छ । भारतको उडिसा राज्य मयुरभञ्ज जिल्लामा मे ५ मा जन्मिएका मुर्मूको जन्म जयन्ति वाह्रदशी गाउँपालिका २ राजगढमा मनाइएको हो ।

पिपिक नाति भिम्वार मुर्मूका अनुसार पण्डित रघुनाथको जन्म बैशाख कुनामी पूर्णिमा अर्थात बुद्ध जयन्तिमा भएको थियो । त्यसैलाई आधारमानी जन्म जयन्ति मनाइएको सन्थाली वर्णमाला अनुवादक तथा सम्पादक शिबु मुर्मूले बताए ।
शिवु मुर्मको नेतृत्वमा पण्डितन मुर्मूका नाति भिम्वारको घरमा पुगेर उनको ११७ औं जन्म जयन्ति मनाइएको हो ।


नेपालमा सन्थाली लिपिका लिपिकको बारेमा कमै मात्रामा जानकारी भएको र उनको जन्म जयन्ति कमैले मात्रै मनाउँदै आएपनि भारतका विभिन्न राज्यमा हरेक वर्ष मे १६ तारिकमा जन्म जयन्ति मनाइदै आएको मुर्मूको भनाई छ । लिपिका प्रत्युत्पादक पण्डित मुुर्मूको नेपालमा तेस्रो पटक जन्म जयन्ति मनाइएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here