कमलमा एमालेको विजयी र्याली

२ जेष्ठ २०७९, सोमबार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिकामा नेकपा एमालेले खाता खोले संगै आज विजय र्याली गरेको छ । निर्वाचन कार्यालयले वडा नम्वर ३ को अध्यक्षमा अग्नि प्रसाद कोईराला सहित एकमालेको प्यानलै विजयी भएको घोषणा गरे सगै एमालेले विजयी र्याली निकालेको थियो ।

निर्वाचन कार्यालय रहेको स्थान कमल गाउँपालिका २ क्याम्पा बाट सुरु गरिएको विजय र्यालीका वडा नम्वर ३ को विभिन्न टोलको परिक्रमा गरेर केर्खा बजारमा आएर समापन गरिएको थियो ।
र्रयालि समापनको समयमा नव निर्वाचित अध्यक्षले हाम्रा संवाददाता उमानाथ भण्डारी संग संक्षिप्त कुराकानी का क्रममा वडाको पुर्वाधार विकासका साथै सम्पुर्ण वडाबासीलाई शिक्षा, स्वस्थ्य सहज रुपमा उपलब्ध गाराउदै वडामा सुशासन कायम गर्नूकागर्दै वाडालाई प्रविधिमैत्री बनाउने बताए ।

वितेका पाँच बर्षमा हामिले कमल गाउँपालिकामा थुप्रै कामहरु गरेका छौ । घोषणा पत्रमा उल्लेख भएका कतिपय योजना कोभिडका कारण पुराहुन सकेन्न् । वाकि रहेका योजना र यस पटकको निर्वाचनमा घोषणपत्रका उल्लेख गरिएका योजना नव निर्वाचित प्रतिनिधीले गर्ने नेकपा एमालेकी केन्द्रिय सदस्य तथा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

त्यसका साथै हिजो निर्वाचनमा जाँदा नेकपा एमाले बाट चुनावभा भाग लिएर निर्वाचित हुनु भएको छ । अब तपाईहरु एउटा दलको मात्र नभएर सम्पुण वडा वासीको नेता भएकोले सबैलाई समान व्याहार गर्न समेत केन्द्रिय सदस्य काफ्लेले निर्देशन दिईन् ।

निर्वाचान कार्यालयले दिएको जानकारी अनुसार अध्यक्षमा निर्वाचित कोईरालाले १,७३९ मत प्राप्त गरी विजयी हुनु भएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी गठबन्धनका गौरीमान फागोले १,४२८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी खुल्ला महिला सदस्य तर्फ एमालेकी भगवती राईले १,६७० मत प्राप्त गरी विजयी हुनु भएको छ भने दलित महिला सदस्यमा केसरा बर्देवा नेपाली १,७१५ मत प्राप्त गरी विजयी भएका थिए । खुल्ला पुरुष सदस्यमा एङ्गल गुरुङ्गले १,६०४ मत तथा सन्त बहादुर मगरले १,५८६ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिए ।

यसअघी सार्वजनिक भएको मत परिमाण अनुसार कमल गाउँपालिकाको वडा नम्वर १ मा गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका केदार कटुवाल सहित पुरै टिम विजयी भएको थियो भने वडा नम्वर २ मा नेकपा एस का अशोक सुब्बा सहितको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here