पथरीशनिश्चरे-१ र २ मा एमाले र वडा नं -३ मा काँग्रेसको वडाध्यक्ष सहित प्यानलै निर्वाचित

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले हिजो सोमबार राति ९ बजे वडा नं १,२ र ३गते अन्तिम मत गणनाको नतिजा सार्वजनिक गरेको छ।

नेपाल कम्यूनिष्ट पार्टी एमालेका वडाध्यक्ष पदमा उम्मेद्वारहरु वडा नं १ र २ मा वडाध्यक्ष तथा वडा सदस्यहरूसहित प्यानल नै विजयी हुनुभएको छ । वडा नं १ मा वडाध्यक्ष पदका उम्मेदवार भीम राईसहित प्यानल नै निर्वाचित भएका छन् । यसैगरी, वडा सदस्यको रूपमा क्रमशः बसुन्धरा गुरुङ (महिला सदस्य) , आरती विश्वकर्मा ( दलित सदस्य) , पुर्ण बहादुर कार्की ( खुल्ला सदस्य-१) तथा सुरेश कार्की (खुल्ला सदस्य-२) निर्वाचित भएका हुन्।

त्यस्तै, वडा नं २ का लागि वडाध्यक्ष पदमा नैनासिंह साम्पाङ्ग राईसहित प्यानलका सबै उम्मेद्वारहरु निर्वाचित भएका छन्। उनले १ हजार ४ सय ४३ मत प्राप्त गरी विजयी हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी ४ दलीय गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार कांग्रेसका टिका तामाङले ११११ मत प्राप्त गरेका थिए। यसैगरी,वडा सदस्यको रूपमा अम्विका लिम्बु( १४७७), सिता दर्जी भुसाल( १४३४), खिलानाथ घिमिरे (१४३८) र चन्द्र राई(१४०२) निर्वाचित भएका छन्।

यसैगरी, वडा नं ३ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका वडाध्यक्ष पदका विजय लिम्बू सहित अन्य वडा सदस्यहरू प्यानलकै निर्वाचित भएका छन्। उनले १८८५ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले १३२५ मत ल्याएर पराजित भए।

यसैगरी, वडा सदस्यहरू क्रमशः महिला सदस्य पदकी भम्केश्वरी अधिकारी (१४९९) , दलीत महिला सदस्य पदकी सम्झना नेपाली( १६९२) , खुल्ला सदस्यका चन्द्र प्रकाश चेम्जोङ( १६२०) तथा खुल्ला सदस्यका टंकप्रसाद पराजुली १६४९ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here