माई–४ मा नेकपा एमाले प्यानलनै विजयी

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

विमल दहाल, माई ।

माई नगरपालिका ईलाममा वडाध्यक्ष हेमबहादुर लायो मगर सहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । मगरका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लक्ष्मण आले मगरलाई ६८ मतान्तरले लायो मगर विजयी भएका हुन्। विजयी लायो मगरको ७४६ मत रहेको छ भने पराजित आले मगरको ६७८ मत प्राप्त रहेको छ।

त्यस्तै महिला सदस्य लेखमाया राई नेकपा एमाले-८४८ मत ल्याई विजयी बन्दा निकटतम प्रतिस्पर्धी देबीमाया ढुङ्गाना नेपाली कांग्रेसले-५११ मत प्राप्त गर्नुभएको छ। दलित महिला सदस्यमा एमालेका कल्पना बिश्वकर्माले-८२३ मत सहित विजय हुँदा निकटतम प्रतिस्पर्धी शान्ता कामी नेकपा माओवादी केन्द्रका-५२७ मत प्राप्त गर्नु भएको थियो।

खुल्ला सदस्यमा एमालेका महेन्द्र बुढाथोकी-८०९ र सन्तोषी राई -८१७ मत सहित विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी कुमार बस्नेत नेपाली कांग्रेस- ४८९ र कुल बहादुर लुङ्गेली नेपाली कांग्रेस-६३५ मत प्राप्त गर्नुभएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here