झापा ,कात्तिक १ । दीपक श्रेष्ठ निर्देशित ‘हो यही हो माया’ मा काम गर्दा अभिनेत्री जिया केसीको राम्रै तारिफ भएको थियो । प्रेमकथामा आधारित उक्त फिल्ममा राज तिमल्सेनाकी प्रेमिकाको भूमिका निर्वाह गरेकी जियाले केही दृश्यमा ‘वन पिस’ लगाएकी थिइन् । तर, घुँडा छोप्ने गरी ।
पहिलो फिल्म रिलिज हुन बाँकी नै थियो, जियाको चर्चा एकाएक आकाशियो । राम्रो अभिनयका कारण उनको चर्चा भएको थिएन, छोटो लुगा र कतिपय सिनेमामा दिएको उत्तेजक दृश्यका कारण उनी चर्चामा आएकी थिइन् । शायद जियालाई लागेको थियो होला, नग्न ज्यान पर्दामा प्रस्तुत गरेपछि छिटै चर्चा कमाइन्छ ।
अहिलेको पुस्ता यौनमा उदार भइसकेको छ भन्दै फिल्म पनि तन्नेरी पुस्तासँग नजिक हुनुपर्छ भन्ने जियाले युज, एटीएम, बर्बाद लगायतका फिल्ममा काम गरिन् । ती
फिल्मका प्रोमो धेरै दर्शकले हेरे पनि उनको अभिनयलाई लिएर धेरैले नकारात्मक प्रतिक्रिया दिए
।
जीया केसी र सविना कार्की
त्यसपछि अन्य निर्माताले जियालाई लिने हिम्मत गरेनन् । यतिसम्म कि उनकै मुख्य भूमिका रहेको फिल्म ‘एटिएम’ अश्लील भएको भन्दै प्रशासनले सार्वजनिक प्रदर्शनमा रोक नै लगायो ।
एटिएममा जियासँगै काम गरेकी सोनिया शर्मा पनि जियाकै पथमा थिइन् । अंग प्रदर्शन गरेपछि चर्चामा आइन्छ भन्ने मान्यतासँग सहमत सोनियाले पनि एटिएममा आफुलाइ छरपष्ट पारेकी छिन् ।
उनको त हालत जियाको भन्दा पनि खराब भयो । त्यसपछि केही गीतमा मात्रै सीमित भइन् उनी ।
चर्चामा आउनकै लागि आफ्नो पोटिलो ज्यान क्यामेराको सामु प्रस्तुत गरेकी सबिना कार्कीसँग पनि अहिले अभिनय प्यास मेटनका लागि लोकगीतमा नाच्नुको विकल्प छैन ।
शिलसिलामा काम गर्दा सोनिया केसीको जति तारिफ भएको थियो, नायक राज तिमल्सेनासँग गरेको चुम्बनको दृश्यले उत्तिकै विवादमा आइन् । पहिलो फिल्ममै चुम्बन विवाद झेलेपछि राम्रा ब्यानरका निर्देशकले उनलाई कसैले लिने हिम्मत गरेनन् ।
सोनिया र महिमा
केही समय म्युजिक भिडियोहरुमा अभिनय गरेकी सोनिया अहिले सक्रिय छैनन् । ज्यान देखाउनुलाई चर्चामा आउने अस्त्र हो भन्ठान्ने सोनियालाई आफ्नो क्षमताको सदुपयोग गर्न नजान्ने हिरोइन पनि भन्छन् ।
‘चपली हाइट’मा काम गरेकी विनिता बरालको पनि दम्भ कम्ति थिएन एकताका । फिल्मले राम्रो ब्यापार गरेसँगै चर्चाको शिखरमा पुगेकी विनिताले अर्को फिल्म फुलस्टपमा पनि ज्यान देखाउने कामलाई निरन्तरता दिइन् । तर, उनको पातलो ज्यानले दर्शकलाई खासै आकषिर्त गरेन ।
पछिल्लो समय अग्र्यानिक तरकारी खेतीमा सक्रिय बिनिता अहिले अभिनयविहीन जस्तै छिन् । तरकारी खेतीमा उनी सफल मानिएलिन् तर फिल्मको खेती ओरालो लागेको छ ।
आफूलाई निकै राम्री दाबी गर्ने जेनिशा केसीले पनि ज्यानकै भरमा टिक्ने कोशिस नगरेकी होइनन् । मस्ती, निगरानी, आधिबाटो लगायतका फिल्ममा काम गरेकी जेनिशाको नाम बिराज भट्टदेखि रमेश त्वयनासँग समेत जोडिएको थियो ।
चरश, मिसन फोर ट्वान्टी लगायतका फिल्ममा काम गरेकी महिमा सिलवाल अहिले पनि सानातिना ब्यानरका फिल्ममा काम गर्दैछिन् । महिमाले अरुले जति चर्चा अहिलेसम्म पाएकी छैनन् ।
दशकअघि तुलसा सिलवाल, सुमी खड्का, किरण डीसी, नीलु रायमाझी लगायतले चर्चामा आउनकै लागि अंगप्रदर्शनलाई प्राथमिकता दिएका थिए । ती नायिकाहरु अहिले गुमनाम छन् ।
जेनिशा र विनिता
चर्चामा आउने सजिलो अस्त्र अंग प्रदर्शन गर्ने कुनै पनि हिरोइनलाई चर्चामा आउन सजिलो हुन्छ । सिनेमा गरिएको अंग प्रदर्शन र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा लगाएको छोटो डे्रसमा मिडियाको आँखा लागिहाल्ने हुँदा कतिपय हिरोइनले यही शैलिलाई अंगाल्ने गरेका छन् ।
चपली हाइटको पदचाप
दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चपली हाइट’ सानो बजेटमा बनेको तर, राम्रो चलेको सिनेमाको रुपमा चिनिन्छ । आजसम्म त्यो फिल्म किन र कसरी चल्यो भन्ने विषयमा कसैले खोजी गरेको छैन । तर, धेरैले बिनिता बरालको छोटो डे्रस नै फिल्म चल्नुको कारण हो भन्दै त्यही शैली पछ्याए पनि सफल हुन सकेनन् ।
व्यवसायिक निरन्तताको चाहना
चलचित्र क्षेत्रमा प्रवेश गरेका नायिकाहरुले पेसा परिवर्तन गरेर तरकारी खेती वा अन्य व्यवसाय अँगाल्नु उनीहरुको असफलता नभएर रुचीमा आएको परिवर्तन पो हो कि रु यस विषयमा सार्थक बहस नहुञ्जेल यसरी हराउने हिरोइनहरुलाई समाजले असफल नै मान्छ ।
अन्य क्षेत्रजस्तै चलचित्रमा पनि कालाकारलाई समाजले निरन्तरतामा मूल्यांकन गर्ने गर्छ । जसरी पहिलो पुस्ताका सिने कलाकारहरु अहिलेसम्म यही क्षेत्रमा निरन्तर लागिरहेका छन् । श्रोत/ टप खवर