बाह्रदशी ५ मा राप्रपाको प्यानल नै विजयी

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

झापा,
एमालेलेको लालकिल्ला भनेर चिनिने बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ ।
राप्रपाबाट उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् । ५ नम्बरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको वडा हो । सो वडामा २०३८ सालदेखि एमालेले किल्ला जमाएर बसेका थिए । यस पालिकाको चुनावमा राप्रपाले एमालेको लालकिल्ला भत्काइदियो ।
राजवंशी १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्रीइच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुका कुमारी विक ११६५ मत ल्याएर विजयी भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here