गणेश अर्याल, इलाम ।
इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल बिजयी भएका छन् ।
सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्धन्धी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ ।मत ल्याउदा निकटतम प्रतिद्धन्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन् ।
६ वटा वडा रहेको रोङ गाउपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली काग्रेसका उम्मेद्वारले जितेका छन् भने २ वटा एमालेले जितेका छन् । वडा नम्बर १, ३ र ५ मा नेपाली काग्रेसले वडा अध्यक्ष जितेको छ भने वडा नम्बर ४ र ६ एमालेले जितेको छ । वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेद्वार ले बिजयी हात पारेका छन् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।