गणेश अर्याल, इलाम ।
इलामको रोङ गाउपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली काग्रेसका दलबहादुर पुलामी बिजयी भएका छन् ।
पुलामीले ६४८ मत ल्याउदै बिजयी भएका हुन । उनको निकटतम प्रतिस्पधि नेकपा एमालेका युवराज खाप्तुवा राईले ५६८ मत पाएका थिए । पराजित खाप्तुवा यस अघि सोही वडामा वडाअध्यक्ष थिए ।
वडा सदस्यहरुमा नेपाली काग्रेसका रिना राई ६११ मत तथा बाकी एमालेका सदस्यहरु बिजयी भएका छन् । एमालेका कर्ण लाप्चाले ५३१ मत तिर्थराज ढुङगेलले ५३५ मत र शोभा लाभरले ५६७ मत प्राप्त गरेका छन् ।
वडाअध्यक्षमा निर्बाचित पुलामी रोङ ५ इरौटारका बासिन्दा हुन् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।