माईमा –३ मा कांग्रेसका देवकुमार तामाङ विजयी

३ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

विमल दहाल, माई ।

ईलामको माई ३ मा नेपाली कांग्रेसका देवकुमार तामाङले विजयी प्राप्त गर्नु भएको छ।

कुल खसेको मत-१३९० मा तामाङले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र कुमार धमलालाई ४४ मतान्तरले विजयी हासिल गर्नु भएको थियो।

विजयी तामाङले ६६७ र राजेन्द्रले ६२३ मत प्राप्त गर्नुभएको थियो। अध्यक्ष र एक खुला सदस्य नेपाली कांग्रेसले जित हासिल गरेको छ भने नेकपा एमालेले महिला, दलित महिला सदस्य र एक खुला सदस्य नेकपा एमालेले विजय हासिल गरेको छ।

महिला सदस्यमा शान्ता राई-नेकपा एमाले- ६१४ विजयी, तिर्थमाया मगर -नेपाली कांग्रेस-२६५ निकटतम प्रतिस्पर्धी, दलित महिला सदस्य रञ्जना राई-नेकपा एमाले -६३१ विजयी, पबित्रा नेपाली मोते-नेकपा माओवादी केन्द्र -५१३ निकटतम प्रतिस्पर्धी रहनु भएको छ।

त्यस्तै खुल्ला सदस्य देउमान लिम्बु-नेकपा एमाले -६०१ र लोक बहादुर कार्की नेपाली कांग्रेस -६४८ विजयी रहनु भएको छ भने निकटतम प्रतिस्पर्धी बाल गोबिन्द मुन्डा -नेकपा एमाले -५८६ र लक्ष्मी खत्री- नेकपा माओबादी केन्द्र-५२५ मत प्राप्त गर्नुभएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here