झापा गापामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित: सभापति देउकुमार थेवेको गृह पालिकामा कांग्रेसको दवदवा

0
765

झापा, झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जित हासिल गर्नु भएको हो ।
गाउँपालिकामा निर्वाचित शाहले ६७९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गौरीशंकर राजवंशीले ४३६५ मत प्राप्त गर्नुभयो ।
यता उपाध्यक्ष पदमा निर्वाचित थपलियाले ५८६८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार देवीमाया अधिकारीले ४३७१ मत प्राप्त गर्नुभयो ।
मुलुक संघीयतामा गएसंगै २०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा समेत झापा गाउँपालिकामा अध्यक्ष पद नेपाली कांग्रेसका तर्फबाट शाहले नै जित हासिल गर्नु भएको थियो । तर, उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट कुन्तादेवी वुढाथोकीले जित हासिल गर्नु भएको थियो ।
यस पटक भएको निर्वाचनमा दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको हो । सात वटा वडा रहेको यो पालिकामा ५ वटा वडामा वडाध्यक्ष समेत नेपाली कांग्रेसले नै जित हासिल गरेको छ । दुई वटा वडामा भने स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका हुन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउँदै वडा नम्वर ३ मा सुभाषलाल गणेशले वडाध्यक्ष जित्नुभयो । त्यस्तै वडा नम्वर ५ मा कृष्ण प्रसाद राजवंशीले वडाध्यक्षमा जित हासिल गर्नुभयो ।
झापा गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसका तर्फबाट राजकुमार यादवले दोस्रो कार्याकालका लागि वडाध्यक्षमा निर्वाचित बन्नुभयो । त्यस्तै वडा नम्वर २ मा नेपाली कांग्रेसका तर्फबाट हिमाल कुमार चम्लगाई, ३ मा स्वतन्त्र उम्मेद्वार सुभाषलाल गणेश, ४ मा नेपाली कांग्रेसका महमत ताहिर, ५ मा स्वतन्त्र उम्मेद्वार कृष्ण प्रसाद राजवंशी, ६ मा नेपाली कांग्रेसका तर्फबाट नवीन किशोर थापा र वडा नम्वर ७ मा शखीचन्द्र ठाकुर निर्वाचित हुनुभयो ।

थेवेको गाउँपालिका झापामा नेपाली कांग्रेसको दवदवा

नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेको गृह पालिका हो – झापा । थेवेको वसाई कनकाई नगरपालिकामा रहेपनि उनको भोटलिष्ट भने झापा गाउँपालिकाको वडा नम्वर १ मा छ । उनले त्यही वडामा रहेको सितुमारी प्रावि गएर मतदान गरे । मतदान संगै वडाध्यक्ष पदमा दोस्रो कार्यकालका लागि राजकुमार यादवलाई निर्वाचित गराए नै गाउँपालिका अध्यक्ष जयनारायण शाहलाई समेत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गराएका छन् ।
अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उपाध्यक्ष सहित चार वडा जितेपनि यो पटक अध्यक्ष र उपाध्यक्ष सहित पाँच वटा वडा मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेकपा एमालेले यो पालिकामा एउटा पनि वडाध्यक्ष जित्न सकेन । अघिल्लो निर्वाचनमा उपाध्यक्ष पदमा कुन्तादेवी वुढाथोकी सहित २, ४, ६ र ७ नम्वर नेकपा एमालेले जित हासिल गरेको थियो । अध्यक्ष सहित १ र ३ नम्वर वडा नेपाली कांग्रेसले जितेपनि ५ नम्वर वडामा स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका थिए ।
नेपाली कांग्रेसको गढका रुपमा चिनिने झापामा २०४९– २०५४ सालसम्म कुमरखोद गाविसको वडाध्यक्षको रुपमा थेवेले काम गरेका थिए । त्यस यता झापामा निरन्तर नेपाली कांग्रेसले जित हासिल गर्दै आएको छ ।
नेपाली कांग्रेस बाहेकका अन्य कुनैपनि दलले पालिका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्ष नजित्ने झापाको यो नै एक मात्र पालिका बनेको छ ।

                  झापा गाउँपालिका 

जय नारायण शाह – अध्यक्ष – नेपाली कांग्रेस
अञ्नुदेवी थपलिया – उपाध्यक्ष – नेपाली कांग्रेस

नम्वर वडा १ 

राजकुमार यादव – वडाध्यक्ष – नेपाली कांग्रेस
कमल वहादुर लिम्बू – खुल्ला सदस्य – नेपाली कांग्रेस
रुपलाल गणेश – खुल्ला सदस्य – नेपाली कांग्रेस
अस्मेरी खातुन – महिला सदस्य – नेपाली कांग्रेस
हरिमाया गदराज कामी – दलित महिला सदस्य – नेपाली कांग्रेस

वडा नम्वर २

हिमाल कुमार चम्लगाई – वडाध्यक्ष – नेपाली कांग्रेस
मोहन कुमार राजवंशी – खुल्ला सदस्य – नेपाली कांग्रेस
राजकुमार काहार – खुल्ला सदस्य – नेपाली कांग्रेस
कविता सोरेन महिला सदस्य – नेपाली कांग्रेस
वादलीदेवी परियार– दलित महिला सदस्य – नेपाली कांग्रेस

वडा नम्वर ३
सुवाश लाल गणेश – वडाध्यक्ष – स्वतन्त्र
कुमार राई – खुल्ला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अब्दुल रसिद खुल्ला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
तारा सुवेदी वराल – महिला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुमित्रा विश्वकर्मा – दलित महिला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले)

वडा नम्वर ४
महमद ताहिर– वडाध्यक्ष – नेपाली कांग्रेस
जलाल अली – खुल्ला सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)
महमद अमिन शेख मिया – खुल्ला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अनिता कुमारी केसी – महिला सदस्य – – नेपाली कांग्रेस
कलावती हरिजन – दलित महिला सदस्य – नेपाली कांग्रेस

वडा नम्वर ५

कृष्ण प्रसाद राजवंशी – वडाध्यक्ष – स्वतन्त्र
मोहमद सादेक सेख– खुल्ला सदस्य – नेपाली कांग्रेस
विजय प्रसाद राजवंशी – खुल्ला सदस्य – नेपाली कांग्रेस
लक्ष्मी कुमारी गणेश – महिला सदस्य – नेपाली कांग्रेस
देवकी राजवंशी मंडल – दलित महिला सदस्य – नेपाली कांग्रेस

वडा नम्वर ६

नवीन किशोर थापा वडाध्यक्ष – नेपाली कांग्रेस
फडिन्द्र प्रसाद खरेल – खुल्ला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सोमनाथ प्रसाई – खुल्ला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले )
हेमा राई – महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)
तारादेवी विश्वकर्मा – दलित महिला सदस्य – नेपाल कम्युनिष्ट पार्टी (एमाले)

वडा नम्वर ७

सखीचन्द्र ठाकुर – वडाध्यक्ष – नेपाली कांग्रेस
प्रेम प्रसाद गणेश खुल्ला सदस्य – नेपाली कांग्रेस
वालकृष्ण सिटौला खुल्ला सदस्य – नेपाली कांग्रेस
तुलसा कार्की – महिला सदस्य – नेपाल कम्युनिष्ट पार्टी( एमाले)
सरिता कामी – दलित महिला सदस्य – नेपाली कांग्रेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here