बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेका पवित्रा महतारा(प्रसाई) र उप्रमुखमा नगेन्द्र संग्रौला विजयी

0
1005

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रा महतारा (प्रसाईं) विजयी भएकी छन् । उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् ।

शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए ।

उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गरे । संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत पाए ।

महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here