पूर्व मन्त्री बुढाथोकी र नेका प्रदेश सभापति थापाको वडामा एमालेका वडाध्यक्ष

0
636

अर्जुनधारा ।

संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको वडा अर्जुनधारा–८ मा नेकपा एमालेले वडाध्यक्षसहित तीन सदस्यमा विजयी भएका छन् ।

निवर्तमान वडाध्यक्ष समेत रहेका उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार गोपीचन्द्र गौतमलाई १९ मतले पराजित गर्दै एमालेका कुमारप्रसाद उप्रेती विजयी भएका हुन् । विजयी उप्रेतीले एक हजार ४०५ र पराजित गौतमले एक हजार ३८६ मत प्राप्त गरेका थिए ।

तीन सदस्यमध्ये खुल्ला सदस्यद्वयमा ऋषिप्रसाद घिमिरे(१४१६) र मनोजकुमार रैका थापा मगर(१३३६)सँगै दलित महिला सदस्यमा सुजता रसाइली(१४११) विजयी भएका छन् ।
महिला सदस्यमा भने नेपाली काँग्रेसकी उम्मेद्ववार सरु बुढाथोकी(१४०५) विजयी भएकी छिन् ।

त्यस्तै नेपाली काँग्रेस प्रदेश नं.१का सभापति उद्धव थापाको वडा अर्जुनधारा–७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार नवराम ढुंगानालाई ८१ मतले पराजित गर्दै नेकपा एमालेका गोविन्दप्रसाद खतिवडा विजयी भएका हुन् । विजयी खतिवडाले एक हजार ३४२ र पराजित ढुंगानाले एक हजार २६१ मत प्राप्त गरेका थिए ।

त्यस्तै खुल्ला सदस्यद्वयमा देवकुमार राई(१४२२) र हरिबहादुर कटुवाल(१२५७), महिला सदस्यमा पार्वतादेवी न्यौपाने(१३१६) र दलित महिला सदस्यमा जानुका विश्वकर्मा (१३४०) विजयी भएका छन् ।
त्यसैगरी अर्जुनधारा–६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेद्वार हरिशचन्द्र बाँस्तोला एक हजार ७३४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार दिवाकरलाल चौधरीलाई ३३८ मतले पराजित गर्दै बाँस्तोला निर्वाचित भएका हुन् । एमालेका चौधरीले एक हजार ३९६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी खुल्ला सदस्यद्वय, महिला सदस्य र दलित महिला सदस्यहरुमा नेकपा एमालेका उम्मेद्वारहरु निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा क्रमश टुम्मनाथ काफ्ले(१५१९), भीम राई(१५१४), रमा निरौला(१६१२) र कल्पना वि.क.(१५७५) रहेका छन् ।

यता अर्जुनधारा–५ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेद्वार गीताराज खड्का १७७१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार डम्बरकुमार घिमिरेलाई १२४ मतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् । एमालेका घिमिरेले एक हजार ६४७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी खुल्ला सदस्यद्वयमा नेपाली काँग्रेसका उम्मेद्वार विष्णुप्रसाद कँडेल(१५७८) र एमालेका उम्मेद्वार लक्ष्मीप्रसाद खनाल(१५२६), महिला सदस्य तथा दलित महिला सदस्यमा एमालेका उम्मेद्वारद्वय क्रमश चन्द्रकुमारी तामाङ(१७७२) र रीता नेपाली(१६७४) निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here