प्रदेश सांसदबाट राजिनामा दिएर मेयरमा उठेका कागते पराजित

0
814

झापा ।

प्रदेश १ प्रदेशसभाबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भएका छन् ।

उनलाई नेकपा एकीकृत समाजवादी पूर्व प्रमुख रणबहादुर राईले पराजित गरेका हुन् । राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् ।

एमाले उम्मेदवार कागते १ हजार ८५२ मतान्तरले पराजित बने । राई यसअघि पनि सुर्योदय नगरपालिकाको प्रमुख थिए ।

प्रदेश संसाद हुँदा आफ्नो क्षेत्रको विषयमा नबोलेको भन्दै चर्को आलोचना खेपेका कागतेलाई सूर्योदयका नागरिकले पत्याएनन् । कागते एमालेबाट मेयर जिते दाबीका साथ स्थानीय तहको निर्वाचनमा होमिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here