बालिका करणी अभियोगमा पक्राउ परेका म्यादी प्रहरीलाई उदयपुर पठाइयो

0
390

बिर्तामोड ।

झापाको गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् ।

उदयपुरको ताप्ली गाँउपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो । २०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाँउको गहते जंगलमा लगरेर बलात्कार गरेका थिए । बलात्कारपछि बालिकालाई बेहोस बनाएर उनी फरार भएका थिए ।

उनी उदयपुरबाट फरार भएर भारत तर्फ भागेको र प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि उनले आवेदन दिएका थिए । छनौट प्रक्रिया पुरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । उनले उदयपुरमा अन्य मुद्धा समेत रहेको जानकारी उदयपुर प्रहरीले गराएपछि उतै पठाएको डीएसपी पाठकले बताए ।

उदयपुरमा अपराधमा संलग्न कमलप्रसादलाई बलात्कार मुद्धामा दोषी ठहर गर्दै उदयरपुर जिल्ला अदालतले २०७७ साल मंसीर २३ गते ९ वर्ष जेल सजाय र एक लाख रुपैंया पिडितलाई क्षतिपूर्ति भराउन आदेश थिएको थियो । उनले अर्कै नागरिकता बनाएको आशंकामा पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here