अर्जुनधारामा संयुक्त गठबन्धनलाई पछि पार्दै एमालेबाट गोम्देन निर्वाचित

0
476

अमित खम्बू, अर्जुनधारा।

२०७४ सालमा सम्पन्न भएको पहिलो स्थानीय तह निर्वाचनमा ४७ सिट (८२.४६%) जित्दै नगरको पहिलो पार्टी बनेको नेकपा एमाले यसपटक पनि पहिलो बन्न सफल भएको छ । गत वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनामा जम्मा सिट संख्या ५७मध्ये (मनोनित तीन बाहेक) एमालेले प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र ३९ सदस्यमा विजयी हासिल गरेको छ ।

एमालेबाट प्रमुखमा बलदेवसिंह गोम्देन, उपप्रमुखमा खड्गमाया पराजुली, चार वडाध्यक्षमा अर्जुनधारा–७मा गोविन्दप्रसाद खतिवडा, अर्जुनधारा–८मा कुमारप्रसाद उप्रेती, अर्जुनधारा–१०मा भूपेन्द्र न्यौपाने र अर्जुनधारा–११मा खगेन्द्र इङनाम विजयी भएका छन् ।

यसपटक ४५ सिट(७८.९५%)मा खुम्चिएको एमालेले पहिलो स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, आठ वडाध्यक्ष र ३७ सदस्यमा विजयी हासिल गरेको थियो । त्यसैगरी सात वडाध्यक्ष र पाँच सदस्यसहित जम्मा १२ सिट(२१.०५%) जितेको नेपाली काँग्रेस यसपटक पनि दोस्रो बन्न सफल भएको छ ।

काँग्रेसबाट अर्जुनधारा–१मा उपेन्द्र बस्नेत, अर्जुनधारा–२मा नरेन्द्रकुमार श्रेष्ठ, अर्जुनधारा–३मा सीताराम भट्टराई, अर्जुनधारा–४मा अम्बरबहादुर कटुवाल, अर्जुनधारा–५मा गीताराज खड्का, अर्जुनधारा–६मा हरिशचन्द्र बाँस्तोला र अर्जुनधारा–९मा भीष्म मिश्र विजयी भएका छन् ।

२०७४को निर्वाचनमा तीन वडाध्यक्ष र सात सदस्यसहित जम्मा १० सिट (१७.५४%)मा सिमित काँग्रेसले यसपटक सिट संख्यामा वृद्धी गर्दा काँग्रेसको किल्लाकोरुपमा रहेको अर्जुनधारा–७ र अर्जुनधारा–८को वडाध्यक्ष भने गुमाएको छ ।

यस्तो छ मत परिणामः

निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले दिएको जानकारी अनुसार संयुक्त गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेद्वार रञ्जिता कार्कीलाई पाँच हजार ४२६ मतान्तरले पराजित गर्दै नेकपा एमालेका गोम्देन अर्जुनधारा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

अर्जुनधारा–१०का निवर्तमान वडाध्यक्षसमेत रहेका गोम्देनले १९ हजार १६९ मत प्राप्त गर्दा प्रमुख पदका निकटतम प्रतिष्पर्धी कार्कीले १३ हजार ७४३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्ववार सूर्यकुमार खतिवडाले एक हजार ६०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी संयुक्त गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार जीतेश योञ्जनलाई आठ हजार ५६६ मतान्तरले पराजित गर्दै नेकपा एमालेकी पराजुली अर्जुनधारा नगरपालिकाको उपप्रमुख निर्वाचित भएकी हुन् ।

निवर्तमान नगर सभा सदस्य रहेकी पराजुलीले १७ हजार ६३७ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी योञ्जनले नौ हजार ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेद्वार तारादेवी बस्नेतले दुई हजार ४७० र उन्नत लोकतन्त्र पार्टीका चित्रबहादुर विकले २३ मत प्राप्त गरेका छन् ।

यता वडाध्यक्षहरुतर्फ अर्जुनधारा–१मा उपेन्द्र बस्नेत(१५९४), अर्जुनधारा–२मा नरेन्द्रकुमार श्रेष्ठ(१५०८), अर्जुनधारा–३मा सीताराम भट्टराई(१७८५), अर्जुनधारा–४मा अम्बरबहादुर कटुवाल(१६६०), अर्जुनधारा–५मा गीताराज खड्का(१७७१), अर्जुनधारा–६मा हरिशचन्द्र बाँस्तोला(१७३४), अर्जुनधारा–७मा गोविन्दप्रसाद खतिवडा(१३४२), अर्जुनधारा–८ मा कुमारप्रसाद उप्रेती(१४०५), अर्जुनधारा–९मा भीष्म मिश्र(१८२६), अर्जुनधारा–१०मा भूपेन्द्र न्यौपाने(१०९५) र अर्जुनधारा–११मा खगेन्द्र इङनाम(१७९६) मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार जम्मा मतदाता संख्या ५३ हजार ७४५ जना मध्ये जम्मा खसेको मत ३८ हजार ५१८ र पूर्ण बदर मत ८०३ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here