उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडाकी ४५ बर्षीया भक्तकुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागि कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।































