उमानाथ भण्डारी,
कमल ।

गत बैशाख ३० गते सम्पन स्थानिय तह सदस्य निर्वाचनमा नव निर्वाचित जनप्रतिनिधीलाई आज एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको छ ।
कमल गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत प्रकास गौतमले गाउँपालिकका अध्यक्ष हुकुम सिंह राई, उपाध्यक्ष प्रमितला गौतमलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गनुृभएको थियो ।
त्यस्तै गाउँपालिकाको वडा नम्वर १ देखी क्रमश केदार कटुवाल, अशोक सुब्बा, अग्निप्रसाद कोईराला , चन्द्र प्रसाद भट्राई ,लाल बहादुर विष्ट, नरेन्द्र भट्राई र पृथ्विपती राई लगायत २८ जना सदस्यलाई प्रमाणपत्र वितरण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका राईले १२ हजार ८६८ मत प्राप्त गरि विजयीहुनु भएको हो भनेउनका निकटतम् प्रतिपष्र्धी एमालेका भिम प्रसाद राईले ९ हजार ६५३ मत प्राप्त गरी उपविजेता भएका हुन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालीकी न्यौपानेले १० हजार ८४५ मत प्राप्त गरी विजयी भएकीहुन् भने उनका निकटतम् प्रतिपष्धी गठबन्धनका तर्फ बाट माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८ हजार ३७१ मत प्राप्त गरी उपविजेता भएका हो ।
त्यस्तै वडा नम्वर १ बाट केपाली काग्रेसका केदार कटुवालले १ एक हजार ७८६ वडा नम्वर २ बाट एकृकित समाजवादीका अशोक सुब्बाले १ एकहजार ८६० वडा नम्वर ३ बाट नेकपा एमालेका अग्निप्रसाद कोईरालाले १ हजार ७३९, वडा नम्वर ४ बाट नेकपा एमालेका चन्द्र प्रसाद भट्राई १ हजार ४७४ वडा नम्वर ५ बाट माओवादी केन्द्रका लाल बहादुर विष्ट १ हजार ५९२ वडा नम्बर ३ बाट एमालेका नरेन्द्र भट्राई १ हजार ७५० र वडा नम्वर ७ बाट एमाले कै पृथ्विपती राई १ हजार ६१२ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।































