बिर्तामोडका जनप्रतिनिधिद्वारा सपथ ग्रहण

0
490

बिर्तामोड,

बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आजदेखि औपचारिकरुपमा कार्यभार सम्हालेका छन् ।

नगरपालिका कार्यालयमा भएको सपथग्रहणपछि निर्वाचित जनप्रतिनिधिले औपचारिक रुपमा काम थालेका हुन् । नगर प्रमुख पवित्रा महतरा प्रसाईले उपप्रमुख नगेन्द्र सङ्ग्रौलासहित नव निर्वाचित ५१ जना जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ।

यसअघि नगर प्रमुख प्रसाईले जिल्ला न्यायाधीशबाट पद तथा गोपनियताको सपथ गर्नुभएको थियो। ‘प्रचलित कानुनको अधिनमा रही, मलुकु र जनताको सोझो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा वा खराब भावना नलिई पदीय गोपनियता राखि इमान्दारिताका साथ काम गर्नेछु’, जनप्रतिनिधिको सपथमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here