बाह्रदशीका जनप्रतिनिधिद्वारा पदभार ग्रहण

0
645

झापा, बाह्रदशी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।
मुख्य निर्बाचन अधिकृत गिरीराज गौतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लगाईले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएसंगै सबै जनप्रतिनिधिले पदभार ग्रहण गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित चम्लगाईले उपाध्यक्ष शान्ता शिवाकोटी खरेल सहित सात वटै वडाका वडाध्यक्षसहित सदस्य , महिला सदस्य र दलित महिला सदस्यलाई सपथ ग्रहण गराएका थिए ।
पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष चम्लगाईले बाह्रदशीको समग्र विकासका लागि आफूले पहिलो कदम चाल्ने बताएका छन् । उनले सबैसंग सहकार्य गरेर बाह्रदशीको हितमा काम गर्ने धारणा राखे ।
त्यस्तै पदभार ग्रहणसंगै गाउँपालिकाकी उपाध्यक्ष खरेलले पालिका भित्र रहेका सबै गर्भवती महिलाको निःशुल्क भिडियो एक्स– रे गर्नेसहितका कार्यक्रम पेश गरिन् । बाह्रदशी गाउँपालिका २ रजगढमा रहेको इलाका स्वास्थ्य चौकी सहित चकचकी र डाँगीवारीबाट सो सेवा प्रदान गरिने बताइएको छ ।
सपथ ग्रहण कार्यक्रममा वाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाई, योजना अधिकृत तेजप्रसाद रेग्मी लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here