काठमाडौँ,

कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा सङ्लग्न मकवानपुरका ४५ वर्षीय कान्छामान ठोकर र ललितपुरको गोदावरीकी ४० वर्षीया गायत्री नगरकोटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
तामाङको शव यही जेठ ५ गते काठमाडौँको दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बागमती नदी किनारमा फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा ठोकर र नगरकोटीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवैले वैशाख २८ गते काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित विष्णुमति पुल नजिक रहेको शिवमन्दिर परिसरभित्र हम्मरले हानेर घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।































